मंसिर ०७, २०८१, शुक्रबार
               

७४.७१ अंकले बढ्यो नेप्से

नेपाल फ्ल्यास
असार २७, २०७८

ADVERTISEMENT

आइतबार शेयर बजार परिसूचक, नेप्से ७४.७१ अंकले बढेको छ। आज परिसूचक २८९९.८२ बिन्दुमा पुगेको छ ।

आज बैकिङ समूहको शेयर ४५ अङ्कले, विकास बैंक समूहको तीन सय ५५, व्यापारको ५७, होटलको ७१, जलविद्युतको ७६ र उत्पादन समूहको शेयर ९३ अङ्कले बढेको छ । यस्तै फाइनान्स समूहको एक सय ८१, माइक्रोफाइनान्सको एक सय ३२, जीवन बीमा समूहको चार सय ९८, निर्जीवन बीमा समूहको तीन सय ५५, अन्यको नौ र लगानी समूहको शेयर साढे दुई अङ्कले बढेको छ ।

आज एक दर्जन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । बाँकी १३ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।  समग्र बजार बढे पनि आज कर्पोरेट विकास बैंकको शेयर झन्डै चार प्रतिशतले घटेको छ ।  

आज सबै उपसूचक बढेका छन्। २२५ कम्पनीका ३ करोड १५ लाख ८८ हजार कित्ता शेयर खरीदबिक्री हुँदा ८ अर्ब ६ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 


 


कस्तो लाग्यो ?

यो पनि