काठमाडौं । श्री एस टी ग्रुपले बाग्मती प्रदेश सरकालाई २०० थान अक्सिजन र रेगुलेटर सहयोग गरेको छ । आफ्नो कम्पनीको सामाजिक उत्तर दायित्व अन्तर्गत रहेर कम्पनी सहयोग गरेको हो ।
श्री एस टी ग्रुपका प्रबन्ध निर्देशक श्री सुरेन्द्र कुमार उप्रेती र निर्देशक श्री कृष्ण प्रसाद दुलाल लगायतले बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेललाई हस्तानतरण गरेका हुन् ।
श्री एस टी सी ग्रुपले अटोमोबाइलका विभिन्न ब्राण्डका स्पेयर्स, टायर, ल्यु तथा ब्याट्रीको आधिकारिक विक्रेता एवं उत्पादक कम्पनी हो ।