बैशाख २८, २०८१, शुक्रबार
               

आन्तरिक हवाई उडान पूर्णरूपमा सञ्चालन हुने

नेपाल फ्ल्यास
असार २६, २०७८

ADVERTISEMENT

काठमाडाैं । आन्तरिक हवाई उडान पूर्णरूपमा सञ्चालन हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै आन्तरिक उडान पूर्णरूपमा सञ्चालन गर्ने अनुमति दिएको हो । 

क्यानको अनुमति अनुरूप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सम्बन्धित एयरलाइन्सलाई परिपत्र गरी स्वास्थ्य सावधानीका साथ उडान सञ्चालनको तालिका निर्धारण गर्ने क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

वायु सेवा सञ्चालकको छाता सङ्गठन नेपाल वायु सेवा सञ्चालक सङ्घले यात्रु उद्धार सहज र सस्तोका लागि उडान सङ्ख्या थप्न सरकारसँग माग गर्दै आएको थियो । यसअघि कोरोना महामारीको जोखिमका कारण उडान सङ्ख्याको ५० प्रतिशत मात्र उडान सञ्चालन गर्न अनुमति दिइएको थियो ।

यही असार १७ देखि आन्तरिक उडान सुरु भएको थियो । यस्तै अन्तर्राष्ट्रिय उडान हप्तामा ५३ वटा हुने भएको छ । क्यानका प्रवक्ता क्षेत्रीका अनुसार अब हप्तामा कुल ५३ वटा उडान गर्ने गरी विभिन्न देशका गन्तव्यमा उडान तालिका तय गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि