जेठ ०३, २०८१, बिहीबार
               

युनियन लाइफ इन्स्योरेन्सको आइपिओ खुला

नेपाल फ्ल्यास
असार २४, २०७८

ADVERTISEMENT

युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपिओ) आज (असार २४ गते) देखि खुलेको छ । कम्पनीले अंकित मूल्य १ सयका दरमा कुल ६४ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको सेयर निष्कासन गरेको हो ।

जसमध्ये सामुहिक लगानी कोष र कर्मचारीलाई छुट्याएपछि ५८ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ। कम्पनीको आइपिओमा २८ गतेसम्म आवेदन दिन सकिनेछ। बिक्री प्रबन्धकका रूपमा प्रभु क्यापिटल रहेको छ।

कम्पनीले इक्रा नेपालबाट ट्रिपल बी रेटिङ प्राप्त गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता औसत जोखिम रहेको जनाउँछ। इक्रा नेपालले एएए देखि डीसम्म रेटिङ प्रदान गर्दछ। जसले एएए सबैभन्दा राम्रो र डी सबैभन्दा कमजोर संकेत गर्दछ।


कस्तो लाग्यो ?

यो पनि