बैशाख २४, २०८१, सोमबार
               

फेरि पनि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल फ्ल्यास
असार २२, २०७८

ADVERTISEMENT

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज मंगलबार रातिबाट लागू हुने गरी डिजेल, मट्टीतेल, पेट्रोल, खान पकाउने ग्यास र हवाई ईन्धनको मूल्य बढाएको हो ।

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य २ रुपैयाँ बढाइएको निगमले जनाएको छ ।  मूल्य बढेसँगै डिजेल र मट्टीतेल प्रतिलिटर ११२ रुपैयाँ, पेट्रोल १२९ रुपैयाँ पर्ने छ  । त्यस्तै निगमले  आन्तरिक तर्फको हवाई ईन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएर प्रति लिटर ८४  रुपैयाँ पुर्याएको छ ।

अन्तर्राष्ट्रिय तर्फको उडानको हवाई ईन्धनको मूल्य प्रतिकिलोलिटर १९ अमिरिकी डलर बढेर प्रति किलोलिटर ७५४ डलर कायम भएको छ । खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर २५ रुपैयाँले बढेर प्रति सिलिण्डर १४२५ रुपैयाँ कायम भएको छ ।

निगमले यस अघि असार ९ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।


कस्तो लाग्यो ?

यो पनि