जेठ ०२, २०८१, बुधबार
               

लगातार ओरालो लाग्दै नेप्से

नेपाल फ्ल्यास
असार २२, २०७८

ADVERTISEMENT

साताको तेस्रो कारोबार दिन नेप्से सूचकसंगै कारोबार रकम पनि खस्किएको छ । लगातार मङ्गलवार पनि नेप्से घटेको छ । नेप्से ५.२४ अङ्कले घटेर दुई हजार ८१८.१० विन्दुमा झरेको छ । 

आज बैंकिङ, बीमा, उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर सामान्य बढेको छ । तर विकास बैंक, व्यापार, होटल, जलविद्युत्, फाइनान्स, अन्य, म्युचल फन्ड र लगानी समूहको शेयर घटेको छ ।

हिजो जस्तै कारोबार रकम आज पनि साढे चार अर्ब रुपैयाँ हाराहारीमै सीमित भएको छ । दुई सय २० कम्पनीका एक करोड एक लाख कित्ता शेयर चार अर्ब २२ करोड रुपैयाँमा किनबेच भएका छन् । सोमबार ४ अर्ब ५८ करोड २२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

यसदिन कारोबारमा आएका १३ उपसमूहमध्ये ५ उपसमूहको सूचक मात्रै सकारात्मक भएका छन् । मंगलबार नेप्से सूचक घटे पनि राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य भने सर्वाधिक ८.३१ प्रतिशतले बढेकाे छ । 


कस्तो लाग्यो ?

यो पनि