कात्तिक १५, २०८१, बिहीबार
               

नेप्से १९ अङ्कले बढ्यो

नेपाल फ्ल्यास
असार १७, २०७८

ADVERTISEMENT

पछिल्ला केही दिन लगातार घटेको शेयर बजार परिसूचक नेप्से बिहीवार (आज) सामान्य बढेको छ । नेप्से आज १९ दशमलव १२ अङ्कले बढेर दुई हजार आठ सय ४३ विन्दुमा पुगेको छ ।

आज निर्जीवन बीमाबाहेक सबै समूहको शेयर सामान्य बढेको छ । बैंकिङ समूहको शेयर तीन अङ्कले, विकास बैंकको एक सय ५२ अङ्कले, व्यापारको १९, होटल समूहको एक सय ३८ र जलविद्युत् समूहको शेयर २१ अङ्कले बढेको छ । यस्तै फाइनान्स समूहको शेयर ६३ अङ्कले, माइक्रो फाइनान्स र उत्पादनको दुई/दुई अङ्कले, अन्यको ३७, जीवन बीमा समूहको ७४ र लगानी समूहको शेयर एक सय सात अङ्कले बढेको छ ।

यस दिन सर्वाधिक खरीद चाप भएको १० ओटा कम्पनीहरुमध्ये पहिलो नम्बरमा लक्ष्मी उन्नती कोष, दोस्रोमा मेगा बैंक, तेस्रोमा सानिमा इक्वीटी फण्ड, चौथोमा सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२, पाचौंमा सेञ्चुरी कमर्सियल बैंक, छैठौंमा सिटिजन्स म्युुचुअल फण्ड –१, सातौंमा ग्लोबल आइएमई सम्मुनत् स्किम—१, आठौंमा नबिल व्यालेन्स्ड फण्ड–२, नवौंमा एनएमबी ५० र दशौं नम्बरमा सनराइज फष्र्ट म्युचुअल फण्ड रहेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि