बैशाख २२, २०८१, शनिबार
               

आज नेप्से र कारोबार रकम दुुवै घट्यो

नेपाल फ्ल्यास
असार १५, २०७८

ADVERTISEMENT

मंगलबार सेयर बजारमा ४७. ४९ अंकले घटेकाे छ । सो अंक घटेसँगै परिसूचक २८२८ अंकमा कायम भएको छ । साथै कारोबार रकम पनि घटेको छ। कारोबार रकम जम्मा ६ अर्ब ७२ करोडमा खुम्चिएको छ। 

बैंकिङ २६, ब्यापार ४७, होटल तथा पर्यटन १, विकास बैंक १६७, जलविद्युत ७६, फाइनान्स ८७, निर्जीवन बीमा २५१, उत्पादन ३४, अन्य ५१, जीवन बीमा १६५ र लगानी समूह ३ अंकले घटेका छन्। त्यस्तै माइक्रोफाइनान्स समूह भने २६ अंकले बढेको छ। 

यस दिन ओरेन्टल होटलको मूल्य ५.७ प्रतिशतले बढेको छ। त्यस्तै गुराँस लघुवित्तको मूल्य ४ प्रतिशतले बढेको छ। सामुदायिक लघुवित्त वित्तीय संस्थाको ३.६ तथा तारागाउँ रिजेन्सीको मूल्य २. ८ प्रतिशतले बढेको छ। 

प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले भने सबैभन्दा धेरै ८. ५ प्रतिशतले मूल्य गुमाएका छन्। त्यस्तै जलविद्युत लगानी तथा विकास कम्पनी र बेष्ट फाइनान्सको मूल्य ८ प्रतिशतले घटेको छ।


कस्तो लाग्यो ?

यो पनि