बैशाख २२, २०८१, शनिबार
               

तल्लो इन्द्रावती आयोजना फेरि नेशनल हाइड्रोपावरलाई !

नेपाल फ्ल्यास
असार १४, २०७८

ADVERTISEMENT

लगानीकर्ताको विवादका कारण खारेज भएको ४.५ मेगावाट क्षमताको तल्लो इन्द्रावती जलविद्युत् आयोजना बोलकबोल प्रक्रियाबाट पुनः नेशनल हाइड्रो पावर कम्पनीले पाएको छ ।    

विद्युत् विकास विभागले सो आयोजना आज पुनः नेशनल हाइड्रोपावर कम्पनीलाई नै उपलब्ध गराएको हो । कम्पनीका अध्यक्ष कुमार पाण्डेले आर्थिक तथा प्राविधिक प्रस्तावमा उत्कृष्ट ठहरिएका कारण आफूहरूबाट गुमेको आयोजना पुनः फिर्ता आएको जनाए ।

आयोजनाको भौतिक निर्माण झन्डै ५० प्रतिशत पूरा भइसकेको छ । विवादमा पर्नुअघि आयोजनाले ६५ करोड रुपैयाँ बराबरको लगानी गरिसकेको थियो । थप ३५ करोड रुपैयाँ बराबरको लगानी गरिए आयोजना सम्पन्न हुने कम्पनीले जनाएको छ ।

विभागले प्रतिस्पर्धाका आधारमा नेशनल हाइड्रो पावरलाई सो आयोजना उपलब्ध गराएको हो । कम्पनी अब आयोजना निर्माण, सञ्चालन तथा हस्तान्तरण (बुट) प्रक्रियाबाट अगाडि बढाउनेछ ।

कम्पनीले ७.५ मेगावाट क्षमताको इन्द्रावती तेस्रो आयोजना सञ्चालन गरिरहेको छ । सोही कम्पनीले भोजपुरमा १४ मेगावाट क्षमताको इरखुवा खोला जलविद्युत् आयोजना निर्माण सुरु गरिसकेको छ भने कास्कीमा १२ मेगावाट क्षमताको मादी खोलाको काम अगाडि बढाएको छ ।


कस्तो लाग्यो ?

यो पनि