बैशाख २१, २०८१, शुक्रबार
               

सामान्य बढ्यो नेप्से

नेपाल फ्ल्यास
असार १४, २०७८

ADVERTISEMENT

साताको पहिलो दिन आइतबार २७ अंकले बढेको नेप्से सूचक सोमबार पनि ५ अंकले बढेकाे छ । 

सोमबार शेयरबजार परिसूचक नेप्से ५ दशमलव ०६ प्रतिशतले बढेर २८७५ दशमलव ४५ अंकमा नेप्से पुगेको छ । यस्तै, कारोबार भने माथि उक्लिन सकेको छैन । सोमबार पनि ७ अर्ब ७२ करोड ५५ लाख १२ हजार ७ सय १५ रुपैयाँको कारोबार भएको छ ।

कारोबार रकम संकुचित बने पनि ८० वटा कम्पनीको शेयरमूल्य बढ्न पुगेको छ भने ९६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बढ्नेमा लघुवित्त अगाडि छ भने घट्नेमा वित्त कम्पनी अगाडि छ ।

६६ करोड ९४ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा अपर तामाकोशी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रोमा क्रमशः नेपाल इन्सुरेन्स र राधी हाइड्रोपावर परेका छन् ।


कस्तो लाग्यो ?

यो पनि