बैशाख २२, २०८१, शनिबार
               

२७ अंकले बढ्यो शेयर बजार

नेपाल फ्ल्यास
असार १३, २०७८

ADVERTISEMENT

गत साता १२५ अङ्कभन्दा बढीले गिरावट भएको सेयर बजार परिसूचक नेप्से यो साताको पहिलो कारोबार दिनमा नै दोहोरो अङ्कले बढेको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से २७.३८ प्रतिशतले बढेर  २८७०.३८ अङ्कमा बन्द भएको छ । कारोबार रकम भने ७ अर्ब १६ करोड रुपैयाँ बढीको भएको छ। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा कम्पनीमध्ये ८ वटामा हरियाली छाएको छ भने ५ वटामा रातो पोतिएको छ। यो दिन जलविद्युत समूह सर्वाधिक २.६७ प्रतिशतले उकालो लागेको छ। बैंकिङ समूह २.०१ प्रतिशतले बढेको आज लगानी समूहमा ०.५४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.४८ प्रतिशत, लघुवित्त समूहमा ०.१० प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४९ प्रतिशत, अन्य समूहमा ०.२५ प्रतिशत र व्यापार समूहमा १.२७ प्रतिशतको बढोत्तरी भएको छ। 

यो दिन वित्त समूहमा सर्वाधिक १.७६ प्रतिशत गिरावट आएको छ। विकास बैंक समूह १.३६ प्रतिशतले घटेको आज होटेल तथा पर्यटन समूह १.१९ प्रतिशत, जीवन बीमा समूह ०.०७ प्रतिशत र निर्जीवन बीमा समूह ०.२४ प्रतिशतले ओरालो लागेका छन्।

आज सेन्चुरी कमर्सियल बैंक र माथिल्लो तामाकोसीको मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै युनाइटेड इदी मर्दीको मूल्य ७ प्रतिशतले बढ्यो। रिडी हाइड्रो र सिभिल बैंकको मूल्य ६ प्रतिशतले बढ्यो। 

गोर्खा फाइनान्सको मूल्य ४ प्रतिशतले घटेको छ भने प्रोग्रेसिभ फाइनान्सको मूल्य साढे ३ प्रतिशतले घट्यो। कारोबारका आधारमा नेसनल हाइड्रोपावर अग्रस्थानमा रह्यो। सो कम्पनीको ४० करोड रुपैयाँ बराबरको कारोबार भयो भने मूल्य ५ प्रतिशतले बढेको छ। 


कस्तो लाग्यो ?

यो पनि