बैशाख १७, २०८१, सोमबार
               

व्यापार घाटा २४ प्रतिशतले बढ्यो : आयात १३ खर्ब ८३ अर्ब, निर्यात १ खर्ब २१ अर्ब

नेपाल फ्ल्यास
असार १०, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल आत्मनिर्भर बन्ने भनिए पनि निर्यातभन्दा आयात अझै ११ गुणाभन्दा बढी छ । 

पछिल्लो ११ महिनामा आयातभन्दा निर्यात बढे पनि आयातको तुलनामा यो निकै कम हो । नेपालको वर्षेनि व्यापार घाटा बढिरहेको छ ।

एघार महिनामा १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख बराबरको विदेशी वस्तुको आयात भएको छ ।भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको एघार महिनाको (साउनदेखि जेठसम्म) तथ्याङ्कअनुसार गत आवको सोही अवधिको तुलनामा २५ दशमलव ६७ प्रतिशतले आयातमा वृद्धि भएको छ ।

गत आवमा सोही अवधिमा एघार खर्ब ८१ करोड ३४ लाख बराबरको वस्तु तथा सेवा आयात भएको थियो । जेठमा मात्रै रु एक खर्ब २९ अर्ब २५ करोड ४७ लाख रुपैयाँको आयात हुँदा रु १२ अर्ब ७७ करोड ४२ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ ।

यसैगरी चालु आर्थिक वर्षको एघार महिनामा निर्यातमा ३७ दशमलव ७८ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा एक खर्ब २१ अर्ब २५ करोड ३९ लाख रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात भएको हो । गत वर्षको सोही अवधिमा ८८ अर्ब ३१ लाख बराबरको वस्तु निर्यात भएको थियो ।

तथ्याङ्कअनुसार यो वर्ष व्यापार घाटा २४ दशमलव ६१ प्रतिशतले वृद्धि भएको छ । विभागको तथ्याङ्कअनुसार एघार महिनामा १२ खर्ब ६२ अर्ब ११ करोड ९ लाख बराबरको वैदेशिक व्यापार घाटा भएको छ । आयातको तुलनामा निर्यातमा कमी आउँदा व्यापार घाटामा कमी आएको हो । गत वर्षको सोही अवधिमा नेपालले दश खर्ब १२ अर्ब ८१ करोड ३ लाख बराबरको वैदेशिक व्यापार घाटा व्यहोर्नु परेको थियो । गत वर्षको तुलनामा यस वर्ष २४.६१ प्रतिशतले व्यापार घाटा भएको हो ।

वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ दशमलव ९४ र निर्यातको हिस्सा ८ दशमलव ०६ प्रतिशत रहेको छ । आयातको हिस्सा मात्र ०.७१९ प्रतिशतले घटेको छ । चालु आवको सो अवधिमा कूल वैदेशिक व्यापारमा वृद्धि भएको छ । एघार महिनाको अवधिमा १५ खर्ब ४ अर्ब ६१ करोड बराबरको वैदेशिक व्यापार भएको छ । गत आवको तुलनामा सोही अवधिमा एघार खर्ब ८८ अर्ब ८१ करोड ६५ लाख बराबरको व्यापार भएको थियो । गत वर्षको तुलनामा यस वर्ष २६.५६ प्रतिशतले व्यापारमा वृद्धि भएको छ ।

सो अवधिमा नेपालमा सबैभन्दा बढी डिजेल, आइरन प्रोडक्ट (स्टिल), भटमासको तेल, मोबाइल फोन, ग्यास, पेट्रोल आयात भएको छ । यस्तै, भटमासको तेल, अलैँची, कार्पेट, चिया, जुटबाट बनेको कार्पेटलगायतका वस्तु सबैभन्दा धेरै निर्यात भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि