बैशाख २५, २०८१, मंगलबार
               

फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल फ्ल्यास
असार ०९, २०७८

ADVERTISEMENT

आज फेरि पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार बुधबारराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलिय पदार्थकाे मूल्य बढेकाे हाे । 

निगमका अनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य २/२ रुपैयाँले बढेको हो । त्यस्तै, अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर २० डलरले बढाइएको छ । 

निगमका अनुसार अब पेट्रोलको मूल्य १२७ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ११० रुपैयाँ र हवाई इन्धनको मूल्य ८२ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर ७ सय ३५ डलर कायम गरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि