जेठ ०५, २०८१, शनिबार
               

नेप्से आज ५३.८८ अंकले घट्यो

नेपाल फ्ल्यास
असार ०९, २०७८

ADVERTISEMENT

मंगलबार उच्च अंकले बढेको नेप्से आज फेरि उच्च अंकले घटेको छ। नेप्से परिसूचक आज ५३.८८ अंकले घटेको हो। यससँगै नेप्से २८५९.९६ विन्दुमा झरेको छ। 

नेपाल धितोपत्र धितोपत्र बोर्डले असार १ गते शेयर मूल्यमा अस्वाभाविक चलखेल भएको भन्दै ५१ कम्पनीको सूची सार्वजनिक गरेपछि नेप्से निरन्तर घट्न थालेको हो। 

मंगलबार नेप्से परिसूचक ७९.४३ अंकले बढेको थियो । यस्तै  आइतबार र सोमबार नेप्से क्रमशः ६३.११ र ७१.०६ अंकले घटेको थियो। 

आज कारोबार रकम पनि घटेको छ । आज आठ अर्ब ३६ करोड २६ लाख ७१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भयो। कूल २१८ वटा कम्पनीका एक करोड ९४ लाख १७ हजार ५३२ कित्ता शेयर ९१ हजार ७५ पटक खरिद बिक्री भए। 


कस्तो लाग्यो ?

यो पनि