जेठ ०५, २०८१, शनिबार
               

जुम्लाको सिमी, कोदो र मार्सी चामल क्यानडा निर्यात

नेपाल फ्ल्यास
असार ०९, २०७८

ADVERTISEMENT

खलंगा । जुम्लाको जैविक (अर्ग्यानिक) पहिचान बोकेको सिमी, कोदो र मार्सी चामल क्यानडा निर्यात गरिएको छ ।

अठार टन मार्सी चामल, सिमीको दाल र कोदो क्यानडा निर्यात गरिएको छ । कर्णाली सेफ एन्ड सुपरफुड इन्डस्ट्रिजका कार्यकारी प्रमुख राज शाहीले १४ टन मार्सी चामल, चार टन सिमीको दाल र एक टन कोदो निर्यात गरिएको बताए ।

क्यानडास्थित लायम फुड कर्पोरेसन ओन्टारियो टोरान्टो कम्पनीले जुम्ली उत्पादन लिएको हो । मार्सी चामल, कोदो र सिमीको कार्टुनमा नेपाली झन्डा अङ्कित लोगो राखिएको छ । लेबलिङ र प्याकेजिङ तथा प्रोसेसिङको काम सबै नेपाली माटो नामक संस्थाले गरेको हो ।

यहाँको सिञ्जा क्षेत्रबाट १३ र तातोपानी गाउँपालिका–४ गिडीखोलाबाट एक टन मार्सी काठमाडौँ पुर्‍याइएको थियो । पहिलोपटक जुम्ली उत्पादन क्यानडा निर्यात भएपछि स्थानीयवासी निकै खुसी छन् ।

स्थानीयवासी जीवनबहादुर खत्रीका अनुसार स्थानीय उत्पादन क्यानडा निर्यात भएपछि किसानमा हौसला थपिएको बताए । अहिले किसानले खेतीयोग्य जमिनको उपयोग गर्न थालेका छन् । 


कस्तो लाग्यो ?

यो पनि