जेठ ०५, २०८१, शनिबार
               

नेप्से सूचक ८० अंक बृद्धि

नेपाल फ्ल्यास
असार ०८, २०७८

ADVERTISEMENT

सेयर बजार आज पुनः बढ्न थालेकाे छ । मंगलबार बजार बन्द हुँदा ७९.४४ अंकले बढ्दै नेप्से सूचक २९१३.८४ विन्दुमा आइपुगेको हो । सूचक फेरि २९ सय अंकमाथि आइपुग्दा आम लगानीकर्ता पनि उत्साहित भएका छन् । 

यसअघि नियामक निकाय नेपाल धितोपत्र बोर्डको विज्ञप्ति प्रकरणपछि बजार एकाएक तल झरेको थियो । मंगलबार नेप्से सूचक ७९.४३ अंकले बढेर १९१३.८४ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि १६.२० अंकले बढेर ५३६.३४ विन्दुमा पुगेको छ । यस दिन २२३ वटा कम्पनीको १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता शेयर १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९५७ रुपैयाँमा खरिद बिक्री भएको छ।

मंगलबार नेप्से सूचक उच्च अंकले बढे पनि कारोबार रकम भने खासै बढ्न सकेन। १९ अर्ब भन्दा माथिसम्म पुगेको कारोबार रकम मंगलबार १० अर्ब रुपैयाँमा सिमित भएको छ।


कस्तो लाग्यो ?

यो पनि