जेठ ०४, २०८१, शुक्रबार
               

चाँगुनारायण र मध्यपुरद्वारा मेलम्ची र हेलम्बुलाई आर्थिक सहयोग

नेपाल फ्ल्यास
असार ०५, २०७८

ADVERTISEMENT

भक्तपुर । चाँगुनारायण र मध्यपुरथिमि नगरपालिकाले बाढी र डुबानबाट प्रभावितको उद्धार तथा राहतका लागि सिन्धुपाल्चोकका मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग प्रदान गरेका छन् ।

चाँगुनारायण नगरपालिकाको शुक्रबार बसेको कार्यपालिका बैठकले मेलम्ची नगरपालिकालाई १० लाख रुपैयाँ र हेलम्बु गाउँपालिकालाई पाँच लाख रुपैयाँ दिने निर्णय गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।

नगरप्रमुख मिश्र र उपप्रमुख बिना बास्तोलाको टोली आजै मेचम्ची गएका छन् । त्यसैगरी मध्यपुरथिमि नगरपालिकाले पनि मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई २२ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

नगरपालिकाको शुक्रबार बसेको कार्यपालिका बैठकले विपद्मा परेको दुई पालिकाका नागरिकको उद्धार र राहत वितरणमा टेवा पुर्याउन रकम दिने निर्णय गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

नगरपालिकाले मेलम्चीलाई ११ लाख ११ हजार १११ रुपैयाँ र हेलम्बुलाई ११ लाख ११ हजार १११ गरि २२ लाख २२ हजार २२ रुपैयाँ सहयोग गर्ने निर्णय अनुसार रकम बैंकमार्फत पठाउने उनले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि