जेठ ०४, २०८१, शुक्रबार
               

पूर्वप्रधान सेनापति राणाको स्मृतिमा अक्षय कोष स्थापना

नेपाल फ्ल्यास
असार ०५, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली सेनाका पूर्वप्रधानसेनापति सच्चित समशेर राणाको स्मृतिमा अक्षय कोष स्थापना गरिएको छ ।

नेपाली सेनाको व्यवस्थापनमा सञ्चालनमा रहने गरी उनकी धर्मपत्नी आशा राणाले शुक्रबार अक्षयकोषका लागि १५ लाख ५०१ रुपैयाँ उपलब्ध गराएकी हुन् ।

अक्षयकोषको व्याजबाट प्राप्त हुने रकम भक्तपुर सल्लाघारीस्थिति सैनिक महाविद्यालयमा विज्ञान सङ्कायतर्फ कक्षा ११ को वार्षिक परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने फ्लोर तथा सिपाहीका छोरीलाई छात्रवृत्तिका लागि प्रदान गरिने नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि