बैशाख १२, २०८१, बुधबार
               

बुधबार ५२ अंकले घट्यो नेप्से

नेपाल फ्ल्यास
असार ०२, २०७८

ADVERTISEMENT

बुधबार शेयर बजार परिसूचक नेप्से ५२ अंकले ओरालो लागेको छ । माइक्रोफाइनान्स बाहेक अरू सबै समूहको शेयर घटेपछि नेप्से ५२ दशमलव ४१ अङ्कले घटेर दुई हजार नौ सय ६९ दशमलव ७२ विन्दुमा झरेको छ ।

निषेधाज्ञापछि लगाताररुपमा कारोबार रकम र नेप्से परिसूचक नयाँ रेकर्ड बनाउँदै आएको थियो। तर मंगलबारको नेपाल धितोपत्र बोर्डको विज्ञप्ति आएको भोलिपल्ट आज ब्रेक लागेको हाे । बोर्डले ५१ वटा कम्पनीकाे मुल्य बढ्नु अस्वभाविक भन्ने सूचना प्रकाशित गरेपछि आम लगानीकर्ताको मनोविज्ञान कमजोर भएको हाे ।

आज कारोबारमा आएका २१९ कम्पनीको २ करोड ८२ लाख ८९ हजार १२८ कित्ता शेयर १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार ३१८ रुपैयाँमा कारोबार भएको छ। आज १५३ वटा कम्पनीको शेयर मूल्य घट्दा ६० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६ वटा कम्पनीको शेयर मूल्य स्थिर छ। 

सब इन्डेक्सतर्फ माइक्रोफाइनान्स सब इन्स मात्रै २.६३ प्रतिशतले बढेको छ भने अन्य सबै इन्डेक्समा भारी गिरावट भएको छ। होटल तथा पर्यटन ५.१४ प्रतिशत विकास बैंक ४.०४ प्रतिशत, जलविद्युत् ४.७५ प्रतिशत, फाइनान्स ६.८ प्रतिशत, निर्जीवन बीमा कम्पनी, २.६ प्रतिशत, म्यानुफ्याक्चुिरङ एन्ड प्रोसेसिङ ३.१७ प्रतिशतले गिरावट भएको छ।

आज सबैभन्दा धेरै मूल्य गिरावट हुने कम्पनीमा जोशी हाइड्रोपावर, गोर्खाज फाइनान्स, नेपाल हाइड्रोपावर कम्पनी, छ्याङदी हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी, वेस्ट फाइनान्स कम्पनी, पञ्चकन्या माइ हाइड्रोपावर लगायतका कम्पनी छन्।

त्यस्तै, आज मूल्य बढ्ने कम्पनीमा सीएचडीसी, एफएमडीबीएल, युनियन हाइड्रोपावर, आरएसडीसी र सामूदायिक लघुवित्त कम्पनी  छन्।


कस्तो लाग्यो ?

यो पनि