बैशाख ०७, २०८१, शुक्रबार
               

संशोधित बजेटको लक्ष्य भेट्न असारभित्रै साढे ३ खर्ब खर्च गर्नुपर्ने

नेपाल फ्ल्यास
असार ०१, २०७८

ADVERTISEMENT

काठमाडौं । सरकारले आफैंले पुनः प्रस्ताव गरेको (संशोधित) अनुमान अनुसारको बजेट खर्चको लक्ष्य भेट्टाउन असारभित्र साढे ३ खर्ब ४९ अर्ब ८६ करोड रुपैयाँभन्दा धेरै खर्च गर्नुपर्ने भएको छ । तर, यति धेरै खर्च गर्न अहिले सरकारलाई मुस्किल छ ।

यद्यपि, एकै महिनामा यति ठूलो परिणाममा बजेट खर्च नभए पनि असार महिनामा सामान्यतः यसअघि भएका कामहरूको समेत भुक्तानी दिदाँ सरकारको खर्चमा वृद्धि हुने गरेको छ । असारे विकासका रूपमा विकास बजेट खर्च हुने अवस्था चालु आर्थिक वर्षमा वैशाख यताको निषेधाज्ञाका कारण टरेको छ । 

चालु आर्थिक वर्षमा १४ खर्ब ७४ अर्ब रुपैयाँको बजेटमध्ये ८५.९ प्रतिशत अर्थात् १२ खर्ब ६६ अर्ब रुपैयाँ खर्च हुने संशोधित अनुमान छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा चालु आर्थिक वर्षको संशोधित खर्च अनुमानमध्ये चालुतर्फ ९ खर्ब ५८ अर्ब मध्ये ९१.४ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब मध्ये ७१.३ र वित्तीय व्यवस्था बापतको १ खर्ब ७२ अर्ब रुपैयाँमध्ये ८५.२ प्रतिशत खर्च हुने अनुमान छ । 

महालेखा नियन्त्रक कार्यालयका अनुसार जेठ मसान्तसम्म कुल बजेट खर्च ९ खर्ब १६ अर्ब रुपैयाँ रहेको छ । त्यसमध्ये चालु खर्च ७ खर्ब र विकास (पुँजीगत) खर्च एक खर्ब ४३ अर्ब रुपैयाँ छ । वित्तीय व्यवस्थातर्फ ७३ अर्ब १५ करोड रुपैयाँ खर्च भएको छ । 


कस्तो लाग्यो ?

यो पनि