बैशाख १५, २०८१, शनिबार
               

नेप्सेले आजबाट हटायो एओएन : के हाे एओएन ?

नेपाल फ्ल्यास
जेठ ३०, २०७८

ADVERTISEMENT

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज आइतबार (जेठ ३० गते) देखि नै ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा भएको अल अर नन (एओएन) सुविधा हटाएको छ । एओएन अर्थात कि सबै देउ/लेउ या एउटै नदेउ/नलेउ फिचर बन्द भएको हो ।

नेपाल स्टक एक्सचेन्जले  डिसएबल  गरेको एओएन (अल अर नन) के हो भन्ने आम लगानीकर्तामा चासो देखिएको छ । नेपाल स्टक एक्सचेन्सका प्रवक्ता मुरारी पराजुलीका अनुसार धितोपत्र बोर्डको निर्देशन पछि बन्द गरिएको हो ।

धितोपत्र बोर्डले अर्को सूचना जारी नभएसम्मको लागि एओएनलाई रोक्न निर्देशन दिएसँगै नेप्सेले उक्त सुविधालाई डिसएबल बनाएको हो । एओएन सुविधा रोकेपछि बजारमा लगानीकर्ताले सेयरको कृत्रिम माग सिर्जना गर्न गरेर चलखेल गर्न नपाउने जानकारहरूले बताएका छन् ।

पछिल्ला दिनका एओएनमा कृत्रिम कारोबार भएको गुनासो बढ्न थालेपछि नेप्सेले एओएन नै बन्द गरेको बताएको छ । एओएन डिसएबल गर्दा कसैलाई पनि हानी नोक्सानी नहुने प्रवक्ता पराजुलीले बताए । यो बिक्री अर्थात खरिद दुबैतर्फ लागु हुने भएकाले हानी नहुने नेप्सेको भनाइ छ ।

के हाे एओएन ?

तपाइले एओएनमा सेयर बिक्रीका लागि जति कित्ता राख्नु भएको छ भने कि सबै बिक्री हुन्छ कि त बिक्री नै हुँदैन । एओएनमा कि त बिक्री हुन्छ कि त हुँदैन भन्ने हो । 

जस्तै लगानीकर्ताले एक हजार कित्ता सेयर खरिद वा बिक्रीका लागि अर्डर गर्दा ‘अल अर नन’ र ‘नन’ मध्ये एउटा विकल्प छान्न सक्छ । मानौं, लगानीकर्ताले अल अर नन भन्ने विकल्प छनोट गर्‍यो । यसको अर्थ उसले अर्डर गरेको सेयर एकमुष्ट रूपमा मात्र खरिद वा बिक्री गर्न चाहेको भन्ने हो । अहिले बोर्डले नेप्सेलाई सेयर खरिदको हकमा अल अर नन भन्ने विकल्प हटाएकाे हाे । 


कस्तो लाग्यो ?

यो पनि