बैशाख १४, २०८१, शुक्रबार
               

१. ८ अंकले घट्यो सेयर बजार नेप्से परिसूचक

नेपाल फ्ल्यास
जेठ २७, २०७८

ADVERTISEMENT

काठमाडौं । सेयरबजारको अन्तिम दिन सेयर बजारको परिसूचक नेप्से १. ८ अंकले घटेर परिसूचक २९४४ अंकमा कायम भएको छ। बिहीबार कुल १६ अर्ब १० करोड रुपैयाँबराबरको सेयर किनेबच हुँदा समूहगत रुपमा बैंकिङ १७, ब्यापार ५७, होटल तथा पर्यटन १३, निर्जीवन बीमा ४५, उत्पादन ३८, अन्य ६ र जीवन बीमा २७३ अंकले घटेको छ । 

त्यस्तै विकास बैंक १२०, जलविद्युत ८८, फाइनान्स ६० र माइक्रोफाइनान्स समूह ७ अंकले बढे। 

नेप्से घटे पनि एक दर्जन कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेको छ। पाँचथर पावर, लिबर्टी इनर्जी, शिवश्री हाइड्रो, ङादी ग्रुप, माउन्टेन इनर्जी, छ्याङ्दी, रिडी, बरुण, सिइडिबी, अरुणभ्याली, ग्रिनलाइफ हाइड्रोपावर, जोशी हाइड्रो र पोखरा फाइनान्सको मूल्य करिब १० प्रतिशतले बढेको हो। 

हालै सूचीकृत भएको सिइडिबी हाइड्रोको मूल्य प्रतिकित्ता ५०२ रुपैयाँ पुगको छ। कारोबारका आधारमा यस दिने जलविद्युत लगानी तथा विकास कम्पनी अग्रस्थानमा रह्यो।


कस्तो लाग्यो ?

यो पनि