जेठ ०९, २०८१, बुधबार
               

आज शेयर बजारमा रेकर्डै रेकर्ड

नेपाल फ्ल्यास
जेठ २३, २०७८

ADVERTISEMENT

आज शेयर बजार काराेबारकाे पहिलो दिन दुई नयाँ रेकर्ड बनेका छन् । आज बजारको परिसूचक नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको छ। परिसूचक ५० अंकले बढेर २९ सय नाघेकाे छ । आज २९०६ अंकमा कायम भएको हाे । 

त्यस्तै अर्को कारोबार रकममा नयाँ रेकर्ड बनेको छ। एकैदिन १७ अर्ब २७ करोड रुपैयाँ बराबरको काराेबार भएकाे छ । यो काराेबार मूल्य पनि अहिलेसम्मकै उच्च हाे ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार आज कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो । कम्पनीको १ अर्ब २१ करोड रुपैयाँको शेयर किनबेच भएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि