जेठ ०८, २०८१, मंगलबार
               

फेरि बढ्यो इन्धनको मूल्य

नेपाल फ्ल्यास
जेठ २२, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि स्वचालित मूल्य नीतिअन्तर्गत मूल्य बढाइएको हो । भारतीय आयल कर्पोरेसनले नयाँ मूल्य पठाएपछि सोहीअनुसार मूल्य समायोजन गरिएको आयल निगमले जनाएको छ ।

बढेको मूल्य आजै शनिबार मध्यरातदेखि लागू हुने छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई/दुई रुपैयाँले वृद्धि गरेको हो ।

अब पेट्रोल प्रतिलिटर १०८ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८० रुपैयाँ पर्नेछ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि