बैशाख २४, २०८१, सोमबार
               

सेयर बजारमा नयाँ रेकर्ड: एकैदिन १७ अर्बनजिक कारोबार

नेपाल फ्ल्यास
जेठ २०, २०७८

ADVERTISEMENT

काठमाडौं । सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । वाणिज्य बैंक,विकास बैंक, फाइनान्स लगानीकर्ताको रोजाइमा पर्दा कारोबारमापक नेप्से परिसूचक २९ दशमलव ५५ अंकले बढेर २ हजार ८ सय ५६ दशमलव ७७ अंकमा पुगी नयाँ रेकर्ड कायम गरेको हो।

यस दिन १६ अर्ब ९० करोड ७० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो उच्च कारोबार रकममध्येमा पर्छ । यसअघि अहिलेसम्मै उच्च जेठ १६ गते १७ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । बिहीबार भएको खरिदबिक्री रकम यही उच्च कारोबार रकमै नजिक रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि