जेठ ०८, २०८१, मंगलबार
               

शेयर बजार : १ घन्टामै साढे ४ अर्बको कारोबार

नेपाल फ्ल्यास
जेठ २०, २०७८

ADVERTISEMENT

धितोपत्र कारोबार हुने साताको अन्तिम बिहीबार बजार खुलेको १ घन्टामै साढे ४ अर्ब रुपैयाँ बढीको सेयर किनबेच भएको छ। 

पहिलो घण्टा २०६ कम्पनीका ७१ लाख २९ हजार ९०७ कित्ता सेयर ४ अर्ब ५१ करोड ४१ लाख ६१ हजार ४७६ रुपैयाँमा किनबेच भएका हो। यो अवधिमा नेप्सेमा सूचीकृतमध्ये छिमेक लघुवित्तको सर्वाधिक कारोबार भएको छ । यो कम्पनीको मात्रै ५९ करोड ४ लाख रुपैयाँ बढीको कोरोबार भइसकेको छ। 

यो बेलासम्म नेप्से उपसमूहका रहेका १३ वटै समूहमा हरियाली छाएको छ । अहिलेसम्म २ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । मञ्जुश्री फाइनान्सको सेयरमूल्यमा १० प्रतिशत तथा युनियन हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढेर पोजेटिभ सर्किट लागेको हो। 


कस्तो लाग्यो ?

यो पनि