जेठ ०९, २०८१, बुधबार
               

इलाम समाज बेलायतद्वारा गृह जिल्लालाई १४ लाखको स्वास्थ सामग्री सहयोग

नेपाल फ्ल्यास
जेठ २०, २०७८

ADVERTISEMENT

लण्डन । इलाम समाज बेलायतले आफ्नो गृह जिल्लालाई १४ लाख रुपैयाँ बराबरको स्वास्थ सामग्री सहयोग गरेके छ । जिल्लाका चार नगरपालिका र ६ गाउँपालिकाका लागि प्रत्येकलाई दुई–दुई थान अक्सिजन कन्सन्ट्रेटर र १०–१० थान अक्सिमिटर प्रदान गरिएको संस्थाका अध्यक्ष प्रमिला लाबुङ राईले बताइन् ।

बेलायतको नेपाली समुदायले नेपालकै लागि गरिरहेको सहयोगलाई समन्वयकारी भूमिका निर्वाह गरिरहेको नेपाली राजदूतावास लण्डनमार्फत समाजले पठाउन खोजेको २० थान अक्सिजन कन्सन्ट्रेटर र १०० थान अक्सिमिटर बेलायतबाट नेपाल पठाउने प्रबन्ध मिलाउने अध्यक्ष राईले जानकारी दिइन् ।

राजधानीबाट इलामसम्म पुर्याएर वितरण गर्ने जिम्मा भने सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले लिएका छन् । जिल्लामा आइपर्ने विभिन्न दैवीप्रकोपदेखि सीमान्तकृत परिवारलाई आर्थिक एंव अन्य सामग्री सहयोग गर्दै आएको समाजले बेलायतमा छुट्टै परिचय बनाएको छ ।

परोपकारी कामबाहेक जिल्लालाई पर्यटकीय स्थलका रूपमा परिचित गराउन ‘इलाम हाम्रो पहिचान’ नामक जिल्लाका विभिन्न धार्मिक, सांस्कृतिक, प्राकृतिक स्थल र सम्पदा अनि विशेष व्यक्तित्वहरुलाई समेटेर वृत्तचित्रसमेत तयार पारेको राईले बताए । 


कस्तो लाग्यो ?

यो पनि