जेठ ०२, २०८१, बुधबार
               

ओरालो लाग्यो नेप्से

नेपाल फ्ल्यास
जेठ १८, २०७८

ADVERTISEMENT

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि र त्यसभन्दा केही दिन पहिले समेत हरेक दिन नयाँ नयाँ रेकर्ड बनाएको नेप्से पछिल्ला दिनमा भने सुस्ताएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ११.६८ अङ्कले घटेर दुई हजाार ७७१.१५ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६८ ले ओरालो लागेर ४९८.८६ मा पुगेको छ । कूल २१६ कम्पनीको एक करोड ९७ लाख ८३ हजार ३५४ कित्ता शेयर आठ अर्ब ५९ करोड ८१ लाख ६० हजार ११७ मूल्यमा खरिद बिक्री भए ।

आजको कारोवारपछि बजार पूँजीकरण ३८ खर्ब ४५ अर्ब ७० करोड २५ लाख ४५ हजार ९५१ बराबर पुगेको छ । कारोवार भएका कूल १३ उपसमूह मध्ये आज तीन उपसमूहको मात्रै शेयर मूल्यमा सुधार आएको छ भने १० उपसमूहको शेयर भने ओरालो लागेको छ । विकास बैंक २१.४१, वित्त १.८८ र अन्य १४.७१ अङ्कले उकालो लागेको छ । बैंकिङ ११.७६, व्यापार ९३.५९, होटल तथा पर्यटन ९१.१६, जलविद्युत् २८.३८, निर्जीवन बीमा १२३.९९, उत्पादन ३९.०१, लघुवित्त १७.६८, जीवन बीमा १७६.६७, सामूहिक लगानी कोष ०.०१ र लगानी ०.६७ बिन्दुले ओरालो लागे ।

कारोवारका आधारमा मङ्गलबार नेपाल पुनर्बीमा कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको ५७ करोड आठ लाख १५ हजार ७८२ बराबरको कारोवार भयो । यस्तै, लुम्बिनी विकास बैंक ३० करोड ३८ लाख ५२ हजार १५५, राधी विद्युत् कम्पनी २३ करोड ३५ लाख ५४ हजार ५७०, युनाइटेड मोदी हाइड्रोपावर १६ करोड ५३ लाख ५२ हजार ७५४ र एशियन लाइफ इन्स्योरेन्सको १६ करोड ३७ लाख ४० हजार ७१७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

यस्तै, नेप्सेका अनुसार कालिका पावर कम्पनीको शेयर १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । लुम्बिनी विकास बैंक ८.२५, गुर्खाज फाइनान्स ७.९७, समिट लघुवित्त ७.८७ र महालक्ष्मी विकास बैंकका लगानीकर्ताले ५.४३ प्रतिशतले कमाए । त्यस्तै, दिव्यश्वरी हाइड्रोपावर ५.०२, खानीखोला हाइड्रोपावर ४.२१, जोशी हाइड्रोपावर ४.१७, आँखु खोला जलविद्युत् कम्पनी ४.१२ र माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताले ३.६१ प्रतिशतले गुमाए । 


कस्तो लाग्यो ?

यो पनि