बैशाख १७, २०८१, सोमबार
               

आगोले जलेर घाइते भएकी लक्ष्मी भाटको उपचार खर्च सरकारले बेहोर्ने

नेपाल फ्ल्यास
जेठ १८, २०७८

ADVERTISEMENT

काठमाडौं । डोटी जिल्लाको आदर्श गाउँपालिकामा भएको घटनामा परी घाइते भएका आमा–छोरीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गरी घाइते लक्ष्मी भाट र उनकी छोरी अञ्जु भाटको उपचारमा लाग्ने सबै खर्च सरकारले बेहोर्ने जनाएको हो ।

डोटी जिल्ला आदर्श गाउँपालिका – ४ रोडी बस्ने सन्तोष भाटले श्रीमती लक्ष्मी र छोरी अञ्जुलाई सुतिरहेको अवस्थामा ज्यान मार्ने मनसायले आगो लगाएका थिए । उक्त घटनामा आमा–छोरी नै घाइते भएका छन् । 

लक्ष्मीका श्रीमान् सन्तोषले नै उनिहरु सुतेको कोठा बाहिरबाट प्रज्वलनशिल तरलपदार्थ कोठाभित्र खन्याई आगो लगाएको मन्त्रालयले जनाएको छ । सो घटना यही जेठ १२ गते भएको थियो ।

घाइते दुबैलाई तत्काल जिल्लास्थित सुजङ अस्पताल पुर्याई उपचार गरिएकोमा उनीहरुलाई थप उपचारको लागि सोमबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं कीर्तिपुरस्थित अस्पतालमा ल्याइएको छ ।

मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्धारा जारी विज्ञप्तिमा यस्ता घटनामा संलग्न व्यक्तिलाई कानून बमोजिम कडा कारवाही हुने जनाइएको छ । मन्त्रालयले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । यस्ता घटना दोहोरिन नदिन मन्त्रालय कटिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ । 


कस्तो लाग्यो ?

यो पनि