साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार २ घन्टाकाे अपडेटअनुसार १४ अंकभन्दा बढीले ओरालो लागेको छ।
अहिले परिसूचक २८१३.११ विन्दुमा झरेको छ । राम्रा र बलिया कम्पनीको सूचक पनि १.९७ अंकले घटेर ५०५.०८ को विन्दुमा ओर्लेको छ।
यो अवधिमा नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटामा हरियाली छाएको छ भने १० वटामा मात्रै रातो पोतिएको छ। यी समूहमध्ये होटेल तथा पर्यटन समूह सर्वाधिक ३८.१७ अंकले उकालो लागेको छ ।