जेठ ०८, २०८१, मंगलबार
               

आर्थिक सर्वेक्षणको प्रस्ट तस्बिर : असफल भयो संघीयता

नेपाल फ्ल्यास
जेठ १४, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपालको आर्थिक वृद्धिदर २ दशमलव १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको छ । नेपालको आर्थिक वृद्धिदर २ दशमलव १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको हो ।

शुक्रबार सार्वजनिक आर्थिक सर्वेक्षण २०७८ मा २०७१/७२ को महाभूकम्पको भन्दा कोरोनाको प्रभाव ज्यादा देखिएको हो ।

अर्थ मन्त्रालयमा सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्वास्थ्य संकटको अवस्थामा क्रमशः सुधार आउने अपेक्षा गर्दै चालु आर्थिक वर्षमा ४ दशमलव शून्य १ प्रतिशत रहने अनुमान रहेको बताए ।

मन्त्रालयले कोभिड १९ बाट प्रभावित उद्योगका लागि २०७७ फागुनसम्म ४८ हजार ८ सय ३१ ऋणीका लागि १ खर्ब ४२ अर्ब १७ करोड पुनर्कर्जा स्वीकृत भएको जनाएको छ ।

मन्त्रालयले पुँजी बजारप्रति लगानीकर्ताको आकर्षण बढेको, बिमा व्यवसायको दायरा विस्तार भएको निर्यातमा वृद्धि भएको र शोधनान्तर तथा राजश्व संकलनलगायत अर्थतन्त्रका समष्टिगत सूचकहरू सकारात्मक रहेको जनाएको छ ।

असफल बने प्रदेश र स्थानीय सरकार

संघीयता कार्यान्वयनसँगै विकासको काम प्रभावकारी हुने अपेक्षाविपरीत प्रदेश र स्थानीय तहको खर्च निराशाजनक देखिएको छ ।

आठ महिनामा केन्द्र सरकारले कुल विनियोजित बजेटको ५६.८२ प्रतिशत खर्च गरेकोमा सातवटै प्रदेशले कुल विनियोजित बजेटको २४.६९ प्रतिशत मात्र खर्च गर्न सकेका छन् । कुल बजेट २ खर्ब ६४ अर्ब २२ करोड रहेकोमा प्रदेश सरकारहरूले आठ महिनामा जम्मा ६५ करोड २५ लाख पनि खर्च गरेका छैनन् । उनीहरूले कुल पुँजीगत बजेटमध्ये २२.५ प्रतिशत मात्र खर्च गर्न सकेका हुन् । 

७५३ वटा स्थानीय तहले चालु वर्षको आठ महिनामा कुल एक खर्ब ५५ अर्ब रुपैयाँ खर्च गरेका छन् । त्यो कुल विनियोजित बजेटको ३०.७ प्रतिशत मात्र हो ।

जिडिपी ४३ खर्बनजिक

चालु आर्थिक वर्ष अनुमानित कुल गार्हस्थ्य उत्पादन ४२ खर्ब ७६ अर्ब ३२ करोड पुग्ने अनुमान आर्थिक सर्वेक्षणले गरेको छ । जसमा कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धि दर २.६ प्रतिशत, उद्योगको ५ प्रतिशत र सेवा क्षेत्रको ४.४ प्रतिशत रहने अनुमान गरिएको छ ।

यस्तै कुल गार्हस्थ्य उत्पादनको मूल्य अभिवृद्धिमा कृषिको योगदान २५.८ प्रतिशत, उद्योगको योगदान १३.१ प्रतिशत र सेवा क्षेत्रको ६१.१ प्रतिशत रहेको अर्थमन्त्रालयले जनाएको छ ।

कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा ३७.७ प्रतिशत र कर्णाली प्रदेशको सबैभन्दा कम ४ प्रतिशत रहेको उल्लेख गरिएको छ ।

चालु आर्थिक वर्ष प्रतिव्यक्ति कुल गार्हस्थ्य आम्दानी ५.८ प्रतिशतले बढेर ११९१ पुग्ने र प्रतिव्यक्ति राष्ट्रिय आय ५ प्रतिशतले बढेर ११९६ पुग्ने अनुमान गरिएको छ । यसैगरी कुल खर्चयोग्य आम्दानी गत आर्थिक वर्षको तुलनामा ४.५ प्रतिशतले बढेर ११८६ अमेरिकी डलर पुग्ने अनुमान  छ ।

 


कस्तो लाग्यो ?

यो पनि