बैशाख १९, २०८१, बुधबार
               

बढ्यो साताको दोस्रो दिन नेप्से

नेपाल फ्ल्यास
बैशाख २७, २०७८

ADVERTISEMENT

काठमाडौं । साताको दोस्रो दिन सेयरबजार परिसूचक नेप्से बढेको छ । साताको दोस्रो दिन २७.४१ अंकले (१.०५ प्रतिशत) बढेर २६४५.८४ बिन्दुमा पुगेको हो ।

सामान्य अंकले बढ्दा कारोबारमा आएका सबै समूहका परिसूचक हरियो छन् । निर्जीवन बीमा र म्यानुफ्याक्चरिङ समूहको परिसूचकमा सबैभन्दा ठूलो उछाल देखिएको छ ।

राष्ट्रिय बीमा कम्पनी र कम्पनीको प्रोमोटर सेयर मूल्यमा उछाल आएपछि सर्किट ब्रेकर नै लाग्यो । समता लघुवित्त र रु रु जलविद्युत कम्पनीमा ९ प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ ।

सेयर मूल्य बढे पनि कारोबार रकममा कमी आएको छ । चार अर्ब २० करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । ५१ हजार २ सय ३५ पटकको कारोबारमा ७५ लाख ७९ हजार कित्ता सेयर किनबेच भएको छ ।

अत्यधिक कारोबार हुनुमध्ये नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार उच्च छ । २७ करोड रुपैयाँ बराबर कम्पनीको सेयर कारोबार भएको छ ।


कस्तो लाग्यो ?

यो पनि