बैशाख १९, २०८१, बुधबार
               

सेयरबजार सामान्य करेक्सन

नेपाल फ्ल्यास
बैशाख २०, २०७८

ADVERTISEMENT

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयरबजारमापक नेप्से सूचकमा गिरावट भएको छ । नेप्से सूचकमा सोमबार १२ अंककाे करेक्सन देखिएकाे छ।

यसदिन नेप्से सूचक १२.३६ अंकले घटेर २६५२.७५ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ सूचक पनि २.६९ अंकले घटेर ४७५.१२ विन्दुमा झरेको छ।

यस दिन कारोबार रकम भने अघिल्लो् दिनको तुलनामा बढेको देखिएको छ। आइतबार ७ अर्ब २६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा सोमबार सात अर्ब ५२ करोडबराबरको  भएको छ। यस दिन २१६ वटा कम्पनीको १ करोड ५९ लाख ८ हजार ४९९ रुपैयाँ कित्ता शेयर ७ अर्ब ५२ करोड ९२ लाख ९० हजार १४६ रुपैयाँमा खरिद बिक्री भएको छ।

पाँच कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार
सोमबार सात कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ। विशाल बजार कम्पनी, नेशनल माइक्रोफाइनान्स, महिला लघुवित्त, ड्यादी ग्रुप पावर र सिंगटि हाइड्रोपावरको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेर कारोबार भएको छ।

सोमबार कारोबारमा आएका ३ वटा उपसमूहमध्ये दुई उपसमूहको सूचक सककारात्मक देखिएका छन भने बाँकी ११ उपसमूहको सूचक नकारात्मक देखिएका छन्।


कस्तो लाग्यो ?

यो पनि