जेठ ०८, २०८१, मंगलबार
               

आर्थिक वृद्धि ४.०१ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक प्रक्षेपण

नेपाल फ्ल्यास
बैशाख १७, २०७८

ADVERTISEMENT

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले नेपालको प्रारम्भिक आर्थिक वृद्धि ४.०१ प्रतिशत हुने प्रारम्भिक प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षको वैशाख महिनासम्मको आर्थिक गतिविधिलाई अध्ययन गरेर विभागले सो प्रक्षेपण गरेको हो ।

आर्थिक वर्ष २०७७/७८ को ९ महिनाको कुल गार्हस्थ्य उत्पादन, उपभोग, बचत र लगानीलाई समेटर राष्ट्रिय लेखासम्वन्धी अनुमान प्रस्तुत गरिएको छ । विभागले राष्ट्रिय लेखा गणना गर्ने आधार वर्ष परिवर्तन गर्दै २०६७/६८ कायम गरेको छ ।

विभागले उपभोक्ता मूल्य ४.०१ प्रतिशत आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान गरेपनि आधारभूत मूल्यमा भने ३.९८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको छ । उपभोक्ता मूल्यबाट आर्थिक वृद्धिदर गणना गर्दा कर घटाइएको हुँदैन भने आधारभूत मूल्यमा गणना गर्दा कर घटाएर आर्थिक वृद्धि गणना गरिने विभागले जनाएको छ ।

यो पनि