जेठ ०९, २०८१, बुधबार
               

नेपालको कुल गार्हस्थ्य उत्पादन ३.५ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

नेपाल फ्ल्यास
बैशाख १५, २०७८

ADVERTISEMENT

काठमाडौं । एसियाली विकास बैंकले नेपालको कुल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले संकुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ ।

बुधबार बैंकले जारी गरेको ‘एसियाली विकास परिदृश्य’ अनुसार कोभिड–१९ को सङ्क्रमण घटेसँगै अर्थतन्त्रमा आएको केही सुधार र रोगको फैलावटले त्यसलाई पुनः प्रभावित तुल्याउने जोखिम बढेकाले प्रक्षेपण गरिएको आर्थिक वृद्धिदर हासिल गर्न कठिन हुनेछ ।

धानको उत्पादन वृद्धि हुने अपेक्षा गरिएकाले कृषि उत्पादकत्व २.४ प्रतिशतले बढ्ने तथा औद्योगिक क्षेत्रको वृद्धि २.५ प्रतिशत र सेवा क्षेत्रको बढोत्तरी ३.४ प्रतिशतले हुने अनुमान पनि बैंकले गरेको छ ।

मेलम्ची खानेपानी आयोजना पूरा भई काठमाडौँ उपत्यकामा जल प्रवाह भएको र माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले पहिलो चरणको उत्पादन प्रारम्भ गर्ने अनुमानका साथ निर्माण क्षेत्रले पनि अर्थतन्त्रमा भरथेग गर्ने विश्वास परिदृश्यमा व्यक्त गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि