जेठ ०९, २०८१, बुधबार
               

बुधबार बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
बैशाख ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार ९० हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एक हजार तीन सय बढी ९२ हजार रुपैयाँमा कारोबार भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले वृद्धि भएको भएको छ ।

महासंघका अनुसार मंगलबार प्रतितोला एक हजार तीन रुपैयाँमा कारोबार भएको चाँदी मूल्य बुधबार १० रुपैयाँले बढेर  प्रतितोला एक हजार ३१० रुपैयाँ कायम भएको छ ।


कस्तो लाग्यो ?

यो पनि