जेठ ०९, २०८१, बुधबार
               

सोमबार ३७.५८ अंकले घट्यो नेप्से

नेपाल फ्ल्यास
बैशाख ०६, २०७८

ADVERTISEMENT

काठमाडाैं । सोमाबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक ३७.५८ अंकले घटेर २६६१.९४ बिन्दुमा रोकिएको छ ।

सोमबार २१३ वटा कम्पनीको एक करोड ४१ लाख ९० हजार कित्ता सेयर ७३  हजार ४३३ पटक खरिद-बिक्री हुँदा ६ अर्ब ७५ करोड ९४ लाख रुपैयाँबराबरको कारोबार भएको छ। सोमबार कारोबार भएकामध्ये सबैभन्दा बढी ज्योति लाइफ इन्स्योरेन्सका लगानीकर्ताले राम्रो आम्दानी गरेका छन् ।

सोमबार यस कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशत कमाएका छन् भने चन्द्रागिरि हिल्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ९.८० प्रतिशत गुमाएका छन् । 

आज अधिकांश समूहको परिसूचक ओरालो लाग्दा जलविद्युत् र वित्त समूहको परिसूचक बढेको छ। वित्त समूहको परिसूचक ६.१७ र जलविद्युत् समूह ३.१८ अंकले बढेको हो।


कस्तो लाग्यो ?

यो पनि