जेठ ०९, २०८१, बुधबार
               

असिनाले तरकारी बालीमा करोडौंको क्षति

नेपाल फ्ल्यास
बैशाख ०४, २०७८

ADVERTISEMENT

फुङ्लिङ । ताप्लेजुङमा शुक्रबार बेलुका परेको वर्षासहितको असिनाले करोडौं मुल्य बराबरको नगदे बाली नष्ट गरेको छ । असिनाले आलु खेतीमा फुङ्लिङ नगरपालिका–९ बुङ्कुलुङ्गमा सबैभन्दा बढी क्षति पुर्याएको छ ।

असिनाका कारण यस क्षेत्रका कृषकले लगाएको आलु, जौ, गहुँ र तरकारी बालीमा सबैभन्दा बढी क्षति पुर्याएको स्थानीय कृषकसमेत रहेका प्रधानमन्त्री आधुनिकिकरण कार्यक्रमअन्तर्गत आलु ब्लक क्षेत्रका संयोजक पासाङ रिता शेर्पाले जानकारी दिए ।

बुङ्कुलुङ्गका ६० घर परिवारले लगाएको आलुसहितको नगदे खेतीमा परेको असिनाले क्षति पुर्याएको हो । 


कस्तो लाग्यो ?

यो पनि