जेठ ०४, २०८१, शुक्रबार
               

पेट्रोलियम पदार्थको अनलाइन अर्डर, नियमन एवं भुक्तानी प्रक्रिया सुरु

नेपाल फ्ल्यास
बैशाख ०३, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको अनलाइन अर्डर, नियमन एवं भुक्तानी प्रक्रिया सुरु गरेको छ।

यसअघि नै निर्माण गरिएको इआरपी एप्लिकेसनमार्फत् निगमले शुक्रबारबाट (आज) बाट सो सेवा कार्यान्वयन गरेको हो ।  निगमका प्रवक्ता विनितमणि उपाध्यायले शुक्रबार बिहानदेखि ईआरपी प्रविधिमार्फत् कारोबार सुरु गरिएको बताए । 

‘आज कार्यालय समय सुरु भएदेखि नै कार्यान्वयनमा आउने छ,’ उपाध्यायले भने, ‘उद्घाटन कार्यक्रमआइतबार छ।’ यसअघि निगमले उक्त प्रविधिमार्फत् कारोबार सुरु गरिने बताए पनि व्यवसायीले असन्तुष्टि जनाउँदै आएका थिए।

समग्रमा एप्लिसकेनमार्फत् पेट्रोलियम पदार्थको कारोबार गर्दा निगमलाई नियमन गर्न सजिलो हुने निगमका अधिकारीहरू बताउँछन्।


कस्तो लाग्यो ?

यो पनि