जेठ ०९, २०८१, बुधबार
               

भन्सार प्रतिनिधिविरुद्ध राजश्व छलीको मुद्दा

नेपाल फ्ल्यास
बैशाख ०३, २०७८

ADVERTISEMENT

काठमाडौं । राजश्व उठाउने निकायका प्रतिनिधि नै राजश्व छलीमा संलग्न रहेको पाइएको छ । राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गरेको आरोपमा दायर गरेको मुद्दामा भन्सार प्रतिनिधि नै संलग्न रहेको पाइएको हो ।

विभागले राजश्व छली गरेको अभियोगमा चार जनाविरुद्ध एक करोड ६ लाख ७२ हजार ९०९ रुपैयाँ बराबरको बिगो दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । विभागले आज बिगो दाबीसहित जरिवाना तथा कैद सजायको माग गरी मुद्दा दर्ता गरेको जनाएको छ । 

विभागका अनुसार ओम सर्जिकल कन्सर्न प्रालिका सञ्चालक दलबहादुर भण्डारीसमेत भन्सार प्रतिनिधि रामबाबु जमकटेलले आपसी मिलेमतोमा न्यूनतम मूल्यको गलत कागजात तयार पारेर राजश्व छली गरेको अभियोग लगाएको छ । 

यस्तै विभागका अनुसार नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजश्व छली गरेको अभियोगमा दुई वटा फर्मका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । विभागले ती फर्मविरुद्ध  ३० करोड २८ लाख २ हजार ५७३ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो । विभागका अनुसार ती फर्म सञ्चालकविरुद्ध गत चैत २५ र २६ गते मुद्दा दायर गरेको हो । 

विभागले ती फर्म सञ्चालकको बैंक खाता सञ्चालकलाई जरिवाना र कैदको मागदाबी गरेको छ । न्यू राहुल मोबाइल सेन्टर हेटौँडाका सञ्चालक काजल केशरीसँग १२ करोड ३५ लाख २५ हजार २२ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ ।

त्यस्तै वीरगञ्ज महानगरपालिका १२ को व्याहुत ट्रेडर्सका प्रोपाइटर अनिलकुुमार कलवारविरुद्ध १७ करोड ९२ लाख ७७ हजार ५५१ रुपैयाँ बराबरको बिगो दाबी गरिएको । विभागले काजल केशरीविरुद्ध उच्च अदालत पाटनको हेटौँडा इजलास र कलवारविरुद्ध उच्च अदालत जनकपुरको इजलास वीरगञ्जमा मुद्दा दायर गरेको हो ।  


कस्तो लाग्यो ?

यो पनि