जेठ ०८, २०८१, मंगलबार
               

कुमारी बैंक र उपाय सिटी कार्गोबीच सहकार्य हुने

नेपाल फ्ल्यास
चैत २०, २०७७

ADVERTISEMENT

कुमारी बैंक र उपाय सिटी कार्गोबीच सहकार्य हुने भएको छ । नगदमा आधारित कारोबार/भुक्तानीलाई नगदरहित बनाउने उद्देश्यले कुमारी बैंक र उपाय सिटी कार्गोबीच सहकार्य हुने भएको हो । 

सहकार्यसम्बन्धी सो सम्झौतापत्रमा बैंकका अध्यक्ष अमीरप्रताप राणा र उपाय सिटी कार्गोका अध्यक्ष सुमन रायमाझीको तथा एफ वान इन्टरनेसनलका विश्वास ढकाल एवं युके एडअन्तर्गतको सीपका नेपाल प्रमुख बल्जित बोहराले हस्ताक्षर गरेका छन् ।

दुई कम्पनीबीच सहकार्य हुनुको मुख्य उद्देश्य उपाय सिटी कार्गोसँग आबद्ध पिक–अप ड्राइभर पार्टनरहरुलाई क्युआर कोड तथा डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गराई प्रशिक्षणमार्फत् अनौपचारिक ढंगले सञ्चालित ढुवानी व्यवसायलाई व्यवस्थित र भरपर्दो बनाउने रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि