जेठ ०९, २०८१, बुधबार
               

दैनिक २० किलो सुन आयात गर्न सकिने

नेपाल फ्ल्यास
चैत २०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक २० किलोसम्म सुन आयात गर्न दिने भएको छ । केन्द्रीय बैंकले बिहीबार एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । 

विशेषगरी वाणिज्य बैंकले सुन आयात गरिरहेका छन् । विदेशी विनिमय कारोवार गर्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायलाई जारी गरिएको एकीकृत परिपत्रमा संशोधन गर्दै सुन आयातको परिमाण बढाइएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघलगायतले सुन आयातको कोटा बढाइदिन सरकार, राष्ट्र बैंक र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग माग गर्दै आएका थिए ।

सोही माग अनुसार नै सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधिमा संशोधन गरिएको हो । राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलका अनुसार आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २० किलोग्राम कायम गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि