बैशाख २४, २०८१, सोमबार
               

सेयर बजार उच्च बिन्दुमा: अपर र निफ्राको सबैभन्दा बढी कारोबार

नेपाल फ्ल्यास
चैत १८, २०७७

ADVERTISEMENT

काठमाडौं । बुधबार सेयर बजारमापक नेप्से सूचक २६१९.०२ बिन्दुमा पुगेर बन्द भएको छ ।बुधबार नेप्से सूचक ४३ अंकले बढेर उक्त बिन्दुमा पुगेको हो ।

बढोत्तरी भएको बजारमा जलविद्युत लगानी तथा विकास कम्पनीको सबैभन्दा धेरै ३६ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमा अपरतामाकोशीको ३१ करोड ९७ लाख, नेपाल इन्फ्रास्टक्चर बैंकको ३० करोड २६ लाख नबिल बैंकको २४ करोड ७ लाख र एनआइसी एशिया बैंकको १३ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

बुधबार सेन्सेटिभ सूचक ७.४८ अंकले बढेर ४६३ बिन्दुमा पुगेको छ।कुल २०९ वटा कम्पनीको एक करोड १२ लाख ८१ हजार ६२५ कित्ता सेयर ६ अर्ब १६ करोड ६८ लाख ६१ हजार ५३८ रुपैयाँमा खरिद बिक्री भएको छ।

व्यापार उपसमूहबाहेका कारोबारमा आएका १२ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ। बुधबार बैंकिङ र निर्जीवन बिमा उपसमूहको सूचकमा लगानीकर्ताको बढी आकर्षण देखिन्छ।

बुधबार पाँच कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ। यस दिन महिला लघुवित्त, अजोड इन्स्योरेन्स, वोमी लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेर कारोबार भएको हो।

यता रैराङ हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै ३.२९ प्रतिशतले घटेको छ भने बोटलर्स नेपाल (तराई) को ३.१९ प्रतिशत, युनाइटेड इदि मर्दिको ३.१३ प्रतिशत, हिमालयन उर्जाको २.५९ प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेशनको २.४० प्रतिशतले घटेको छ।

यस दिन कारोबारमा आएका १११ कम्पनीको सेयरमूल्य बढेको छ भने ४९ कम्पनीको सेयरमूल्य घटेको छ। १९ कम्पनीको सेयरमूल्यमा भने कुनै परिवर्तन भएन।


कस्तो लाग्यो ?

यो पनि