जेठ ०९, २०८१, बुधबार
               

नेप्से दोहोरो अंकले वृद्धि

नेपाल फ्ल्यास
चैत १७, २०७७

ADVERTISEMENT

साताको तेस्रोदिन मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ ।

नेप्से ३२.१५ अंकले बढेर २ हजार ५७५.६६ अंकमा पुगेको छ। यस्तै क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.१९ अंकले बढेर ४५६.१० अंकमा पुगेको छ । आज विभिन्न २०९ कम्पनीका १ करोड २२ लाख ९ हजार ९७६ कित्ता शेयर ६ अर्ब १८ करोड ५६ लाख ७९ हजार ४९८ रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

आज कारोबारमा आएका १३ समूहमध्ये व्यापार र उत्पादन समूहको सबइन्डेक्स  घटेर रातो देखिएको छ भने बाँकी सबै समूहहरू बढेर हरियाली छाएका छन् । सबैभन्दा बढी वोमी माइक्रोफाइनान्सको शेयर मूल्य बढेको छ ।


कस्तो लाग्यो ?

यो पनि