जेठ ०५, २०८१, शनिबार
               

आरम्भ र उन्नतिको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल फ्ल्यास
चैत १७, २०७७

ADVERTISEMENT

नेप्सेमा सूचीकृत दुई कम्पनीहरूको लाभांश सुरक्षित गर्ने आज (चैत १७ गते) मंगलबार अन्तिम दिन हो। आजसम्म नेप्सेमा कारोबार भई कायम आरम्भ चौतारी लघुवित्त र उन्नती सहकार्य लघुवित्तका शेयरधनीहरूले यी लघुवित्तका साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड (ACLBSL) ले चैत ३१ गते, मंगलबार पञ्चकन्या ब्याङ्क्वेट, बनेपा, काभ्रेपलाञ्चोकमा पाँचौ वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान ११ बजे शुरु हुनेछ।

यता उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटड (USLB) ले गत आर्थिक वर्षको कमाइबाट चुक्ता पूँजीको १७.८१ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्न चैत ३१ गते साधारण सभा डाकेको छ ।


कस्तो लाग्यो ?

यो पनि