बैशाख २५, २०८१, मंगलबार
               

२५३८ बिन्दुमा पुगेको नेप्से सोमबार २५१४.४० बिन्दुमा झर्‍यो

नेपाल फ्ल्यास
चैत ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । सोमबार नेप्सेमा १५० अंक वृद्धि भई २४ अंकले गिरावट आएको छ । लगातार तीन दिन बढेर २५३८ बिन्दुमा पुगेको नेप्से सूचक सोमबार २४.०५ अंकले घटेर २५१४.४० बिन्दुमा झरेको हो।

अपर तामाकोशी र चन्द्रागिरि हिल्सको सेयर लगभग दश प्रतिशतले वृद्धि भई सर्किट लेभलमा कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको ७.४४ प्रतिशत, आँखुखोलाको ६.२१ प्रतिशत र वोमी लघुवित्तको ५.९७ प्रतिशतले बढेको छ।

त्यसैगरी, प्रुडिन्सियल इन्स्योरेन्सको सेयरमूल्य सबैभन्दा धेरै ४.७१ प्रतिशतले घटेको छ भने सपोर्ट माइक्रोफाइनान्सको ४.४७ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ३.९९ प्रतिशत र आरम्भ चौतारी लघुवित्तको ३.७८ प्रतिशतले घटेको छ।

सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये दुई उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ११ उपसमूहको सूचक नकारात्मक देखिएको छ।


कस्तो लाग्यो ?

यो पनि