बैशाख २२, २०८१, शनिबार
               

तोलामा ५०० रुपैयाँ घट्यो सुनको मूल्य

नेपाल फ्ल्यास
चैत ०६, २०७७

ADVERTISEMENT

साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन आज ५ सयले घटेको हो ।

गतआइतबार सुन प्रतितोला ४०० ले बढेको थियो । सोमबार पनि सोही मूल्यमा कारोबार भएको सुनको मूल्यमा मंगलबार पनि हेरफेर भएन। यस्तै बुधबार ३ सयले बढ्यो भने बिहीबार पनि ३ सयले नै बढेको थियो ।
सुनको मूल्य अघिल्लो साता लगातार उतारचढाव भएको थियो । आज छापावाला सुन प्रतितोला ८६ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । यस्तै तेजाबी सुन आजका लागि ८६ हजार २५० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य भने आज १५ रुपैयाँले घटेको छ । चाँदी तोलामा एक हजार २७५ मा कारोबार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि