जेठ ०७, २०८१, सोमबार
               

आजदेखि सिंगटी हाइड्रो इनर्जीको आइपीओ शेयर खुल्यो

नेपाल फ्ल्यास
चैत ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । आजदेखि सिंगटी हाइड्रो इनर्जी लिमिटेडको (आइपिओ) खुलेको छ । लिमिटेडले आजदेखि प्राथमिक शेयर निस्कासन तथा बिक्री खुला गरेको जनाएको छ ।

 कम्पनीले प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यका २९ लाख कित्ता साधारण शेयर निष्काशन गरेको लिमिटेडको भनाइ छ । त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ ।

साथै, २ प्रतिशत अर्थात ५८ हजार कित्ता शेयर कर्मचारीहरुका छुट्ट्याएको बताइएको छ । बाँकी रहने २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

​आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। शेयर खरिदका लागि चैत १० गतेसम्म आवेदन दिनुपर्नेछ । त्यस अवधिमा पर्याप्त आवेदन नपरेमा चैत २० गतेसम्म म्याद थप हुने जनाइएको छ । 

यो पनि