बैशाख २२, २०८१, शनिबार
               

नेविसंघद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न माग

नेपाल फ्ल्यास
चैत ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको छ । नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले बुधबारएक विज्ञप्ति जारी गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिले कोरोनाबाट प्रभावित जनता मारमा परेको भन्दै मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेका हुन् । 

‘कोरोनाका कारण आहात भएका जनतालाई राहत दिनुको सट्टा उल्टै जनताको ढाड भाँचिने गरी मूल्यवृद्धिको नेविसंघले घोर निन्दा र भत्र्सना गर्दछ’, अध्यक्ष ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेविसंघले आयल निगमभित्र व्याप्त भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्दै पेट्रोलियम पदार्थको मूल्य स्थिररुपमा कायम राख्नसमेत आग्रह गरेको छ । अध्यक्ष ढुङ्गानाले पेट्रोलियम पदार्थमा लगाइएका अनावश्यक कर खारेज गर्नसमेत आग्रह गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि