जेठ ०१, २०८१, मंगलबार
               

५ खर्ब ६७ अर्ब ७० करोड रेमिट्यान्स भित्रियो

नेपाल फ्ल्यास
चैत ०३, २०७७

ADVERTISEMENT

चालू आर्थिक वर्षको ७ महिनामा नेपालमा भित्रिने रेमिट्यान्स वृद्धि भएको छ । सात महिनाको अवधिमा ५ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्याङ्कमा जनाइएको छ ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.९ प्रतिशत वृद्धि भएको हो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ०.७ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.५ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१.७ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृती लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७.४ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ८.८ प्रतिशतले वृद्धि भई ६ खर्ब २९ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.५ प्रतिशतले घटेको थियो ।


कस्तो लाग्यो ?

यो पनि